सातामा प्रतितोला ९०० ले बढ्यो सुनको मूल्य

काठमाडाैं | पुस २३, २०७९

सातामा प्रतितोला ९०० ले बढ्यो सुनको मूल्य

काठमाडौँ:  यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत शुक्रबारको तुलनामा यो शुक्रबारसम्ममा ९०० ले मूल्य घटेको जनाएको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य १ लाख १ हजार ४०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्ममा बढेर १ लाख २ हजार ३०० रुपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य १ लाख १ हजार ८०० रुपैयाँ रहेको महासंघले जनाएको छ ।


यो साता पहिलो कारोबार दिनदेखि नै बढ्न थालेको सुन सोमबार स्थिर रहेर लगातार ४ दिनसम्म बढेको थियो । आइतबार र सोमबार तोलामा १ लाख १ हजार ७०० रहेको सुनको मूल्य मंगलबार ९०० र बुधबार २०० ले बढेको थियो । यस्तै, बिहीबार पनि २०० ले बढेर तोलामा १ लाख ३ हजा १०० पुगेको सुन शुक्रबार केही घट्दै रोकिएको हो ।


यसैगरी, यो साता चाँदीको मूल्य भने घटेको छ । महासंघले गत सातको शुक्रबारको तुलनामा यो साताको शुक्रबार मूल्य घटेको जानकारी दिएको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १३ सय ९५ रुपैयाँ थियो । जुन, यो साताको शुक्रबार घटेर १३ सय ६५ रुपैयाँमा आइपुगेको छ ।

पोखरा:    ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ ।   गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...

थप पढ्नुहोस्

पोखरा ।   तमु जातिको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक उद्गमस्थल मानिने ‘क्होला सोँप्री ट्हो’ को प्रवद्र्धनका लागि तमु प्ये ल्हु संघ युकेले विशेष भ्रमण तथा अन्वेषणमा निस्कने भएको छ । ...

थप पढ्नुहोस्

पोखरामा ११ औं संस्करणको ‘मिस टिन इन्टरनेसनल २०२६’ आयोजना हुने भएको छ ।    लिटिल स्टेप सेकेन्डरी स्कुलको प्रायोजन तथा इभेन्ट्स फर यू प्रालिको आयोजनामा हुने ‘मिस टिन इन्टरनेसन...

थप पढ्नुहोस्